Pages

Monday, 29 October 2018

Life

💕निराजन सापकोटा 💕

                                 जिन्दगी

कहिले सुनसान छ,
कहिले धुमधाम छ जिन्दगि !
रहन्छु म हरपल साथ तेरै
कट्छ मेरो हर दिन रात साथ तेरेै
फेरी मेरो दिलको हाल सँग किन अन्जान छस् ए जिन्दगि !

Friday, 26 October 2018

प्यासी रात

💕निराजन सापकोटा 💕



प्यासी छ दिल यहाँ,
प्यासी त्यो रात थियो ।
भोलि रहिन्छ या रहिँदैन
भन्नु तिमिलाई दिलको एक वात थियो ।

Just Say Yes

💕निराजन सापकोटा 💕

तिमि हुन्छ भन मात्र

मेरो किस्मतको हरेक पानामा,
जिन्दगीको घडेरीको हरेक आनामा,
मेरो हर किताब , हर खातामा,
दिलको दुनियाको सबै नातामा
बस मेरा बा,आमा र तिमि हुनेछौ ।

Sunday, 21 October 2018

Your Girlfriend and Me

💕निराजन सापकोटा 💕

                   " तिम्रो प्रेमिका र म "

पुरुषलाई केवल आवश्यकतापूर्तिको साधन ठान्ने
तिम्रो प्रेमिकालाई  घृणा गर्छु म !
र त्योभन्दा बढी घृणा त म तिमीलाई गर्छु
किनकि, त्यही प्रेमिकाको अँगालोभन्दा बाहिरको संसारै नदेखी
मेरो स्वतन्त्रताको खिल्ली उढाउँछौ तिमी ।
एकातिर मख्ख पर्छे ऊ
भर्खर भर्खर आएको तिम्रो तलबमा
र घृणा बर्साउन थाल्छे मेरो बेरोजगारी र रित्तो गोजीप्रति !
अर्कातिर घुटुक्क थुक निल्छे ऊ मेरै भित्री सौन्दर्यमा
अनि एकान्तमा घोत्लिन्छे, तिमीभित्र पनि
त्यही सौन्दर्यका झिल्का खोज्दै !
तर कहाँ पाओस् उसले मभित्रको अनुपम सौन्दर्य तिमीमा ?
किनकि, वर्षौंअघि उसले नै
पिरतीको पोखरीमा चोपलेर निभाइसकेकी थिई
तिमीभित्रको चेतनाको झिल्को !
घृणा गर्छु म तिम्रो त्यो बिचरी प्रेमिकालाई र
त्योभन्दा बढी घृणा त म तिमीलाई नै गर्छु !
किनकि, त्यही प्रेमिकासँग बिताउन चाहन्छौ तिमी
आफ्नो बाँकी जीवन !
#Modified "तिम्रो लोग्ने र म"

JIndagi

उनको प्रोफाइल खोलेर एकछिन उनको फोटो हेरेसी एकमनले भन्छ एकचोटि हाई भनि हेरौं न रिप्लाई आईपोहाल्छ कि अनि अर्को मनले भन्छ न गालि पो गरिहाल्छे कि र यि दुइमनको द्वन्दमा आजपनि टाइप गरिसकेको हाइ काटेर PHOTO लाइक हानेर फर्किने काम गरियो ।

Bihani

न हिजोको विहानी नयाँ थियो न आज केहि नयाँ छ बस फरक यति छ कि हिजोको जस्तै यो बिहानिलाई, हिजोको त्यो दिन जस्तै बन्न दिने या नदिने मेरो हातमा छ ।

Dashain

पल्लाघरे दाई हिजै आए होलान्, म पनि भोलि त पक्कै आँउला आमा ।

छिमेकिले दश धार्निको खाए पनि, हामिनि चार धार्नि त पक्कै खाँउला आमा । 

भाइलाई जिन्सको पाइन्ट किन्देको छु, हामि पोहोर लाएकै लाँउला आमा । 

यसपालिको टिका त आफ्नै घरमा बसि, तिम्रै हातको लाउला आमा । 

म पनि भोलि त पक्कै आँउला आमा

Case Study-Surya Nepal Private Limited.

Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...