Silent Thoughts Of Nirajan
This is a Personal Bolg created by Nirajan Sapkota (as tittle says ) to express Silent Thoughts Of Nirajan Sapkota. ��निराजन सापकोटा ��
Wednesday, 16 March 2022
Case Study-Surya Nepal Private Limited.
Friday, 29 November 2019
How I Got My Girlfriend Back
Thanks🙏 to Dr Han Bahadur for helping me get my love back, i have been in relationship for 3 years. It all started in June, my Girlfriend started acting very weird, every little thing, She gets angry 😭at every little thing and then one day i suggested to her that we should go for counseling in order to make our relationship work but she bluntly refused and told me she wanted to move out. She finally moved out and i became very sad😭, i did not know what to do, a friend of mine at work told me of Dr Han Bahadur and how he helped him when he had problems in his relationship👦. I wrote to the Dr Han Bahadur and told him what i have been going through. He told me my Girlfriend had another man in her life🌏 and he would ensure i get her back. I did all the Prophet told me to do, he told me my Girlfriend would be back to me in less than 3days. My Girlfriend met me 2 days later, we talked about all that happened, She said she did not know what got over her. I forgave her and now we are back together. Thanks to Dr Han Bahadur for bringing my Girlfriend back. Please contact Dr Han Bahadur on email: ( DrHanBahadur@gmail.com ) or you can Call Him on +977 9849680561 he is a great prophet and he is also reliable
Wednesday, 15 May 2019
वर्तमानको मायाँ
वर्तमानको मायाँ ः
मायाँको एकिन परिभाषा खोज्न पक्कै पनि कठिन छ । विभिन्न व्यक्ति अनुसार यसको परिभाषा फरक भएको पाईन्छ । वर्तमान समयमा मायाँको महत्व नबुझ्नाले धेरै व्यक्तिहरुको अकालमानै ज्यान गएको पनि धेरै तथ्य छ । चोखो मायाँमा चुर्लुम्म डुबेर संसारनै मायाँ हो र आफ्नो प्रमी प्रमिकानै आफ्नो जिवन जिउनुको अर्थ हो यी दुईमध्ये एक नभए संसारमा बाच्नुको कुनै अर्थ छैन भन्ने व्यक्तिहरु पनि धेरै पाईन्छन्, कोहि कसैलाई मायाँ गर्नू नराम्रो कुरा भने पक्कै पनि हैन र कोहि व्यक्ति देख्नसाथ मनपर्नु पनि नराम्रो हैन ।
वर्तमान समयमा व्यक्ति आफ्नो जीवन जिउन तथा लामो समयसम्मको साथका लागि भन्दा पनि क्षणीक मोजमस्तीका लागि प्रेमी पे्रमीका बनाउने गरेको पनि भेट्न सकिन्छ । अझ वर्तमान समयमा त धेरैजसो केटाहरुले जिवन साथी बनाउने र लामो समयसम्म साथ दिने प्रलोभनमा देखाएर प्रेम गर्ने र प्रेम गर्दै गर्दा यौन सम्बन्धका लागि प्रस्ताव राख्ने र नमानेदेखि आजबाट सम्बन्ध विच्छेद अथवा धम्की दिएर यौनसम्बन्ध राख्न बाध्य गराउने घटनाहरु पनि समाजमा धेरै छन्, कतिपय समस्याहरु सम्बन्धित निकायसम्म पुगेका छन् भने धेरैजसो समस्याहरु लुकेर नै रहेका छन् । लुकेर रहेका समस्याहरु वाहिर निकाल्यो भने मार्छ भन्ने डरले समस्याहरु जस्ताको त्यस्तै छ । समाजमा रहेका त्यस्ता विषालु सर्पहरुलाई जवसम्म हटाईंदैन तवसम्म देशमा रहेका महिला शोषणको अन्त्य हुदैन । वर्तमान समयमा धेरै व्यक्तिले यस्ता शोषण सहनु परेको छ ।
महिलाको मात्र कुरा हैन, महिलाको मात्र शोषण हैन वर्तमान समयमा पैसाको लागि जे गर्न पनि पछि हट्दैनन् केटीमान्छेहरु, जिवनसाथीको रुपमा क्षणिक समय रमाईलो गनर्,े घुम्ने र उसको धेरै पैसा खर्च गर्ने जस्ता प्रवृति पनि समाजमा व्यापक छ । अझ केटाको मात्र पैसामा मोजमस्ती गर्न खोज्छन् वर्तमानका केटीहरु, मायाँलाई पैसामा दाँजेर क्षणिक समय एउटासँग रमाईलो गरेर त्यो भन्दा धनि पाएमा त्यसलाई छाड्न पनि पछि पर्दैनन्, क्षणिक समयको त्यो पैसाको लोभमा उनिहरुले आफ्नो प्रेमलाई त्यहि अन्त्य गर्छन्, उनिहरुले आफ्नो मायाँमा त त्यहीँ पूर्णविराम लगाउँछन् लगाउँछन् तर त्यो कुनैवेला धेरै मायाँ दिने व्यक्तिलाई फर्केर हेर्दैनन् । पैसाका लागि जे पनि गर्न पछि नहट्ने केटिहरुलाई के थाह कि मायाँ भनेको के हो ।
यसरी वर्तमान समयमा मायाँलाई मोजमस्ती, क्षणीक रमझम, यौन सम्बन्धका लागि, पैसामा मोजमस्ती गर्न जस्ता कुरामा व्यापक प्रयोग गरिन्छ ।
मायाँमा धेरै त्याग, तपस्या, विश्वास जस्ता धेरै कुरा हुनु आवश्यक छ । विश्वासहिन मायाँ सफल हुदैन, त्याग र तपस्याविना फलको आशा नराख्नु नै वेश । कसैले बारीमा नरोपीकन उम्रेको साग र आफुले मिहेनत गरि रोपेको सागमा फरक हुन्छ । रोपेको साग लामो समयसम्म खान सकिन्छ तर उम्रेको साग क्षणिक समयको लागी मात्र हुन्छ । यसको अर्थ त्याग र तपस्याबिना लामो समयसम्म मायाँ सम्भब छैन ।
जिवनमा सबैभन्दा गाह्रो शुत्र मायाँको शुत्र हो यो पढ्न कण्ठ गर्न धेरै गाह्रो छ, न त मायाँको हिसाब गर्ने कुनै क्याल्कुलेटर मेसिननै वनेको छ । यदि मायाँको लागि क्याल्कुलेटर मेसिन बन्थ्यो भने हामिलाई थाहा हुने थियोकी हाम्रो मायाँ मिल्छ वा मिल्दैन भनेर तर त्यो सम्भव छैन । त्यसकारण मायाँमा सहि शुत्रको प्रयोग आवश्यक छ । वर्तमान समयमा मायामाँ आउने खटपट पनि यहि शुत्रको ज्ञान नभएर हो । जसरी स्कूलमा १०० जना विद्यार्थी मध्ये धेरै जान्ने र राम्रो अंक ल्याउने १० जना हुन्छन् त्यसरी नै १०० जना प्रेमी प्रेमीकाको प्रेम बसेमा १० जनाको मात्र प्रेम सफल हुने गरेको छ, कारण पढाईमा जस्तै मायाँमा पनि धेरै मिहेनतको आवश्यक पर्छ । जसरी पढाईको महत्व त्यो १० जना विद्यार्थीले बुझ्छ त्यसरी नै प्रेममा पनि प्रेमको महत्वलाई बुझ्न सक्नुपर्छ । साना साना कूरामा कहिल्यै पनि टेन्सन लिनु हुदैन । समस्याको समाधान आफैबाट निकालेर सहज ढङ्गबाट पुरा गर्नुपर्छ । सङ्घर्ष नै जिवन हो । सङ्घर्ष गर्न कहिल्यै पनि पछि पर्न हुदैन । भनिन्छ नी मिहेनत को फल सधैं मिठो हुन्छ ।
समाजमा विभिन्न प्रकृतिका मानिसहरु पाईन्छन्, कोहि हेर्दा खाईलाग्दा, राम्रा अनि आकर्षक जीउडाल भएका देखिन्छन् तर हातमा केहि सीप तथा आफुमा कुनै ज्ञान नभएका हुन्छन, भने कोहि अलि हेर्दा नराम्रो देखिए पनि आफैमा निर्भर रहने सक्ने खालका हुन्छन् । वास्तवमा कुन मानिसमा कस्तो
क्षमता छ र उ कस्ता काममा निपूण छ भनेर पक्कै पनि हेरेर छुट्टाउन सकिदैन । त्यसकारण कुन मानिस कस्तो छ र उसको बानी व्यहोरा कस्तो छ पक्कै पनि राम्रोसँग जान्नु आवश्यक छ ।
मान्छे नचिनेर पश्चातापमा पर्नु भन्दा त्यसको बारेमा पहिलेनै सजग हुनु वर्तमानमा अत्यावश्यक रहेको छ । कुनैपनि व्यक्ति जो मायाँ लगाउन सक्षम भइसकेको हुन्छ त्यसलाइ यो पनि थाहा भइसकेको हुन्छ की मैले गलत मान्छेलाइ त जिवनसाथी ठानेको हैन तर मानिसको बाध्यता त्यहीसंग जिवन काट्ने..
अहिलेको समयमा धेरै सम्पत्तीको धाक लगाउने परम्परा पनि व्यापक मेरो यति सम्पत्ती छ र सम्पत्तीमा मायाँलाई पनि धरै दाज्ने गरेको पाईन्छ । पल्सर २२०, बुलेट जस्ता वाईकमा पनि मायाँलाई दाज्ने गरेको यथार्थ छ । यसरी वर्तमानमा त मायाँलाई यसरी सम्पत्तिसंग दाजिन्छ भने अव का शताब्दीमा मायाँलाई के सँग दाजीएला र मायाँ कस्तो अवस्थामा रहला त्यो कल्पना सम्म पनि गर्न सकिदैन ।
यसरी वर्तमान समयमा मायाँको सही अर्थ र यसको सदुपयोग नगर्नाले देशमा धेरै जटिल समस्या थप्दै गएको र अधिकतम प्रमी प्रमेकीले वेलैमा ज्यान गुमाउनु परेको यथार्थता छ ।
यसरी चोखो मायाँमा आफ्नो त्याग र तपस्या नभएमा वा एक अर्काविचको मनमुटावले व्यक्तिलाई धेरै टेन्सन दिन्छ, वास्तवमा भन्ने हो भने मायाँवाट हामिले राम्रोसँग जीउन सक्नुपर्ने हो , किनत यस्ले हामिलाई नै पोल्छ त भन्ने प्रश्नको पनि सहि उत्तर यहि हुन सक्छ की मायाँगर्ने सीप नहुनु, एकले अर्कालाई नबूझ्नु, सानातिना कुरामा वेकारको टेन्सन लिनु जस्ता कुराहरु...
जव मानिसमा आफ्नो चेतनाको विकास हुदैन तव सम्म मायाँमा यस्तै टेन्सन वोकिरहनु पर्छ । मानिसले मानिसको मर्म जब बुझ्दछ तव मात्र मायाँलाई वुझ्न सक्छ । बाउले कमाईदिएको सम्पत्तीमा दुई दिन मोजमस्ती गर्दैमा जिवनमा ठूलो भइंदैन, बाबाले कसरी दुःख गरेर कमाएको हो त्यो पैसा थाहा हूदैन उसलाई गाजाँ, चुरोट खाएर वाईकमा दौडने रहर हुन्छ उसमा तर जीवन त्यो हैन, अर्काको सम्पत्तीमा मोज गर्न त जसले
पनि जानेको हुन्छ नी...
यसरी जीवनलाई क्षणिक रमझममा मात्र सीमीत गर्नु हुदैन, एकछिनको रमाईलो मात्र जीवन हैन जीवनमा धेरै गर्नु छ, आमा बाबाको सपना पूरा गर्नु छ, आफू स्वावालम्बी बनेर जीउन सक्नुपर्छ भन्ने भावना हामिजस्ता युवावर्गमा हुनु नितान्त आवश्यक छ । जसले जीवनलाई भित्रैवाट नियाल्छ त्यसले पक्कै पनि आफ्नो भविष्यलाई हेर्छ, जीवनमा गर्नू पर्ने काम कर्तव्य लाइ आत्मासाथ गर्दै अघाडि बढ्छ फलतः उ आफ्नो डेस्टिनेसनमा पुग्छ । मायाँलाइ पनि साथमा लान्छ र उसले अन्तत्वग्वत्ता आफ्नो मायाँलाई पनि सफल बनाउँछ । यसरी मायाँको परिभाषा बुझेर मात्र अघाडी बढ्ने र आफ्नो भविष्यलाई पनि सँगसँगै लानुपर्छ ।
Friday, 26 April 2019
बालापन
बालापन
अझै पनि याद आउछन् ती दीन,
जब चार डाँडामा आकास सकिन्थ्यो,
मोजाको बलमा मनोरञ्जन को प्यास मेटिन्थ्यो,
एक सिट्ठीको भर मा पुरा बटालियन भेटिन्थ्यो,
अझै पनि याद आउछन् ती दीन,
दुइ हत्केलाको बिचबाट घाम हेरेको
हत्केला भरीको पानीले प्यास मेटेको,
विनाकारण साथीभाई दिनकै भेेटेको,
अझै पनि याद आउछन् ती दीन,
नमानेको काम गरेको चकलेटको हर्षमा,
तीन घन्टा हिँडेर घुम्न गाको नयाँ बर्षमा,
अझै पनि याद आउछन् ती दीन,
जब चार डाँडामा आकास सकिन्थ्यो ।
Tuesday, 26 February 2019
My First Valentine
उनि,
उनको नाम अवन्तिका,
एक त उनको नाम नै मिठास लाग्थ्यो मलाई अझ उनको त्यो मलिन अनुहार र मेरो जस्तै धेरै नबोल्ने बानिले म झन् झन् आकर्षित हुदै थिएँ हाम्रो कलेज ६ बजेबाट सुरु हुन्थ्यो उनि कलेज बसमा आउने हुनाले कलेज बस ५:४५ मा नै कलेज आइपुग्थ्यो हाम्रो त त्यतिबेला सम्म बोलचाल पनि भएको थिएन र पनि थाहा छैन किन तर म जहिल्यै ५:४० मा नै कलेज पुग्थेँ, उनले मलाइ किन यति चाँडै आँउछौ ? भनेर सोधेको त्यो दिन अझै पनि याद छ मलाई त्यो दिनको कसरि वर्णन गरौं म त्यो दिनको १० सेकेन्डको वार्तालापले ल्याएको मेरो मनको भुकम्पको ।
बिस्तारै केटाहरु भ्यालेन्टाइन डेको चर्चा हुन थाल्यो म गाँउमा हुर्केको भए पनि भ्यालेन्टाइन डे के हो भन्ने थाहा थियो तर सहरमा यति महत्व दिन्छन् भन्ने थाहा थिएन साथिहरु रोज डे प्रपोज डे जस्ता थुप्रै डेहरुको कुरा गर्दै थिए तर आफुलाई केहि थाहा थिएन र पनि आफ्नो मन भित्रको डरपोक निराजनलाई जितेर थोरै हिम्मत भएको निराजनसँग मिलेर भ्यालेन्टाइन डे को दिन उनको झोलामा गुलाव लुकाइदिएँ ।
to be continued
Doori Under construction
Keisi a duri hai keisi ae majburi hae,
d...अब देख्दा त हामी साथ तर
सोच कति दुरि छ
कस्तो यो मजबुरि छ ।
कोहि मलाई यो बताउ
किन यो दुरि र मजबुरि हो
यो दुनियाको के हो स्टोरी
कसको हातमा छ यसको डोरी
जति कालो तेरो मन
त्यतिनै कालो तेरो धन
एक दुनियामा दुइ दुनिया
एक उज्यालो एक अँध्यारो
एक धनि गुरु एक चेलो
कोहि महल बङ्लोमा त
कोहि काट्छ छाक पानि सङ्लोमा
अब देख्दा त हामी साथ तर
सोच कति दुरि छ
कस्तो यो मजबुरि छ ।
Wednesday, 9 January 2019
पापि गोठालो
Saturday, 22 December 2018
दोष
दोष त केवल दुइवटा मनकै थियो,
थाहा छैन कहाँ गल्ती हाम्रो थियो,
नत्र काहानी हाम्रो मुना मदन भन्दानि राम्रो थियो ।
Thursday, 13 December 2018
Comfort Zone
Tuesday, 11 December 2018
Me-Her Conflict
Monday, 3 December 2018
बिरोध !
Sunday, 25 November 2018
Dear Crush
प्रिय क्रस,
हुनेवाला ससुराको घर, नेपाल
महोदय,
Thursday, 22 November 2018
मेरो महाअष्टमी
Thursday, 1 November 2018
जब तिम्रो अनुहार देखेँ
जब तिम्रो अनुहार देखेँ,
मेरो यो अनुहारमा हल्का हाँसो पाएँ,
मेरा आँखामा पानि झैं सङ्ला मायाका साना थोप्ला पाएँ,
मेरो दिलको पागलपनमा हल्का धैर्य पाएँ,
जब तिम्रो अनुहार देखेँ ।
दिलको हाल सुन तिमि
तिमि
अब सुन मेरो दिलको हाल तिमि
जब साँझ पर्छ तिम्रो याद आउँछ,
तुफान ल्याउछौ तिम्रा यादका तिमि ।
अधुरा छन् हर एक चाहना मेरा,
तिम्रै सोचमा मस्त छ मेरो मन,
र पनि थाहा नपाए झैं गर्छ्यौ तिमि ।
Monday, 29 October 2018
Life
जिन्दगी
कहिले सुनसान छ,
कहिले धुमधाम छ जिन्दगि !
रहन्छु म हरपल साथ तेरै
कट्छ मेरो हर दिन रात साथ तेरेै
फेरी मेरो दिलको हाल सँग किन अन्जान छस् ए जिन्दगि !
Friday, 26 October 2018
प्यासी रात
प्यासी छ दिल यहाँ,
प्यासी त्यो रात थियो ।
भोलि रहिन्छ या रहिँदैन
भन्नु तिमिलाई दिलको एक वात थियो ।
Just Say Yes
तिमि हुन्छ भन मात्र
मेरो किस्मतको हरेक पानामा,
जिन्दगीको घडेरीको हरेक आनामा,
मेरो हर किताब , हर खातामा,
दिलको दुनियाको सबै नातामा
बस मेरा बा,आमा र तिमि हुनेछौ ।
Case Study-Surya Nepal Private Limited.
Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...
-
Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...
-
💕निराजन सापकोटा 💕 Doori Under construction Keisi a duri hai keisi ae majburi hae, d...अब देख्दा त हामी साथ तर सोच कति दुरि छ कस्त...
-
💕निराजन सापकोटा 💕 तिमि हुन्छ भन मात्र मेरो किस्मतको हरेक पानामा, जिन्दगीको घडेरीको हरेक आनामा, मेरो हर किताब , हर खातामा, दिलको दुन...