Pages

Tuesday, 26 February 2019

My First Valentine

"भ्यालेन्टाइन" आहा शब्द लेख्न लाग्दा पनि कति रोमान्टिक वाला फिलिङ्स आँउछ । कुरा यो जुनको हो हैन हैन कुरा त यो मेरि उनको हो, म एक सो कल्ड सोझो लाटो टाइपको केटा रे भनेर ब्याख्या गर्छन् गाँउघरमा अब गाँउघरमा सोझो लाटो भन्ने पदवी पाएको म सहर छिरेँ सहर छिरेको झन्डै पाँच महिना पछि भेट भएको थियो मेरो उनिसँग उ मेरो कक्षाकि फर्स्ट गल रैछिन म अब त्यसै त लाटो झन् नयाँ मान्छेहरु को भिडमा के बोलि निस्किन्थ्यो ? कलेज गएको झण्डै एक महिना भैसक्दा पनि मेरा बल्ल तल्ल २ जना साथी थिए त्यहि पनि उनिहरुको पहलमा बोलेर
उनि,
उनको नाम अवन्तिका,
एक त उनको नाम नै मिठास लाग्थ्यो मलाई अझ उनको त्यो मलिन अनुहार र मेरो जस्तै धेरै नबोल्ने बानिले म झन् झन् आकर्षित हुदै थिएँ हाम्रो कलेज ६ बजेबाट सुरु हुन्थ्यो उनि कलेज बसमा आउने हुनाले कलेज बस ५:४५ मा नै कलेज आइपुग्थ्यो हाम्रो त त्यतिबेला सम्म बोलचाल पनि भएको थिएन र पनि थाहा छैन किन तर म जहिल्यै ५:४० मा नै कलेज पुग्थेँ, उनले मलाइ किन यति चाँडै आँउछौ ? भनेर सोधेको त्यो दिन अझै पनि याद छ मलाई त्यो दिनको कसरि वर्णन गरौं म त्यो दिनको १० सेकेन्डको वार्तालापले ल्याएको मेरो मनको भुकम्पको ।
बिस्तारै केटाहरु भ्यालेन्टाइन डेको चर्चा हुन थाल्यो म गाँउमा हुर्केको भए पनि भ्यालेन्टाइन डे के हो भन्ने थाहा थियो तर सहरमा यति महत्व दिन्छन् भन्ने थाहा थिएन साथिहरु रोज डे प्रपोज डे जस्ता थुप्रै डेहरुको कुरा गर्दै थिए तर आफुलाई केहि थाहा थिएन र पनि आफ्नो मन भित्रको डरपोक निराजनलाई जितेर थोरै हिम्मत भएको निराजनसँग मिलेर भ्यालेन्टाइन डे को दिन उनको झोलामा गुलाव लुकाइदिएँ ।
My first valentine ........
to be continued

No comments:

Post a Comment

Case Study-Surya Nepal Private Limited.

Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...