वर्तमानको मायाँ ः
मायाँको एकिन परिभाषा खोज्न पक्कै पनि कठिन छ । विभिन्न व्यक्ति अनुसार यसको परिभाषा फरक भएको पाईन्छ । वर्तमान समयमा मायाँको महत्व नबुझ्नाले धेरै व्यक्तिहरुको अकालमानै ज्यान गएको पनि धेरै तथ्य छ । चोखो मायाँमा चुर्लुम्म डुबेर संसारनै मायाँ हो र आफ्नो प्रमी प्रमिकानै आफ्नो जिवन जिउनुको अर्थ हो यी दुईमध्ये एक नभए संसारमा बाच्नुको कुनै अर्थ छैन भन्ने व्यक्तिहरु पनि धेरै पाईन्छन्, कोहि कसैलाई मायाँ गर्नू नराम्रो कुरा भने पक्कै पनि हैन र कोहि व्यक्ति देख्नसाथ मनपर्नु पनि नराम्रो हैन ।
वर्तमान समयमा व्यक्ति आफ्नो जीवन जिउन तथा लामो समयसम्मको साथका लागि भन्दा पनि क्षणीक मोजमस्तीका लागि प्रेमी पे्रमीका बनाउने गरेको पनि भेट्न सकिन्छ । अझ वर्तमान समयमा त धेरैजसो केटाहरुले जिवन साथी बनाउने र लामो समयसम्म साथ दिने प्रलोभनमा देखाएर प्रेम गर्ने र प्रेम गर्दै गर्दा यौन सम्बन्धका लागि प्रस्ताव राख्ने र नमानेदेखि आजबाट सम्बन्ध विच्छेद अथवा धम्की दिएर यौनसम्बन्ध राख्न बाध्य गराउने घटनाहरु पनि समाजमा धेरै छन्, कतिपय समस्याहरु सम्बन्धित निकायसम्म पुगेका छन् भने धेरैजसो समस्याहरु लुकेर नै रहेका छन् । लुकेर रहेका समस्याहरु वाहिर निकाल्यो भने मार्छ भन्ने डरले समस्याहरु जस्ताको त्यस्तै छ । समाजमा रहेका त्यस्ता विषालु सर्पहरुलाई जवसम्म हटाईंदैन तवसम्म देशमा रहेका महिला शोषणको अन्त्य हुदैन । वर्तमान समयमा धेरै व्यक्तिले यस्ता शोषण सहनु परेको छ ।
महिलाको मात्र कुरा हैन, महिलाको मात्र शोषण हैन वर्तमान समयमा पैसाको लागि जे गर्न पनि पछि हट्दैनन् केटीमान्छेहरु, जिवनसाथीको रुपमा क्षणिक समय रमाईलो गनर्,े घुम्ने र उसको धेरै पैसा खर्च गर्ने जस्ता प्रवृति पनि समाजमा व्यापक छ । अझ केटाको मात्र पैसामा मोजमस्ती गर्न खोज्छन् वर्तमानका केटीहरु, मायाँलाई पैसामा दाँजेर क्षणिक समय एउटासँग रमाईलो गरेर त्यो भन्दा धनि पाएमा त्यसलाई छाड्न पनि पछि पर्दैनन्, क्षणिक समयको त्यो पैसाको लोभमा उनिहरुले आफ्नो प्रेमलाई त्यहि अन्त्य गर्छन्, उनिहरुले आफ्नो मायाँमा त त्यहीँ पूर्णविराम लगाउँछन् लगाउँछन् तर त्यो कुनैवेला धेरै मायाँ दिने व्यक्तिलाई फर्केर हेर्दैनन् । पैसाका लागि जे पनि गर्न पछि नहट्ने केटिहरुलाई के थाह कि मायाँ भनेको के हो ।
यसरी वर्तमान समयमा मायाँलाई मोजमस्ती, क्षणीक रमझम, यौन सम्बन्धका लागि, पैसामा मोजमस्ती गर्न जस्ता कुरामा व्यापक प्रयोग गरिन्छ ।
मायाँमा धेरै त्याग, तपस्या, विश्वास जस्ता धेरै कुरा हुनु आवश्यक छ । विश्वासहिन मायाँ सफल हुदैन, त्याग र तपस्याविना फलको आशा नराख्नु नै वेश । कसैले बारीमा नरोपीकन उम्रेको साग र आफुले मिहेनत गरि रोपेको सागमा फरक हुन्छ । रोपेको साग लामो समयसम्म खान सकिन्छ तर उम्रेको साग क्षणिक समयको लागी मात्र हुन्छ । यसको अर्थ त्याग र तपस्याबिना लामो समयसम्म मायाँ सम्भब छैन ।
जिवनमा सबैभन्दा गाह्रो शुत्र मायाँको शुत्र हो यो पढ्न कण्ठ गर्न धेरै गाह्रो छ, न त मायाँको हिसाब गर्ने कुनै क्याल्कुलेटर मेसिननै वनेको छ । यदि मायाँको लागि क्याल्कुलेटर मेसिन बन्थ्यो भने हामिलाई थाहा हुने थियोकी हाम्रो मायाँ मिल्छ वा मिल्दैन भनेर तर त्यो सम्भव छैन । त्यसकारण मायाँमा सहि शुत्रको प्रयोग आवश्यक छ । वर्तमान समयमा मायामाँ आउने खटपट पनि यहि शुत्रको ज्ञान नभएर हो । जसरी स्कूलमा १०० जना विद्यार्थी मध्ये धेरै जान्ने र राम्रो अंक ल्याउने १० जना हुन्छन् त्यसरी नै १०० जना प्रेमी प्रेमीकाको प्रेम बसेमा १० जनाको मात्र प्रेम सफल हुने गरेको छ, कारण पढाईमा जस्तै मायाँमा पनि धेरै मिहेनतको आवश्यक पर्छ । जसरी पढाईको महत्व त्यो १० जना विद्यार्थीले बुझ्छ त्यसरी नै प्रेममा पनि प्रेमको महत्वलाई बुझ्न सक्नुपर्छ । साना साना कूरामा कहिल्यै पनि टेन्सन लिनु हुदैन । समस्याको समाधान आफैबाट निकालेर सहज ढङ्गबाट पुरा गर्नुपर्छ । सङ्घर्ष नै जिवन हो । सङ्घर्ष गर्न कहिल्यै पनि पछि पर्न हुदैन । भनिन्छ नी मिहेनत को फल सधैं मिठो हुन्छ ।
समाजमा विभिन्न प्रकृतिका मानिसहरु पाईन्छन्, कोहि हेर्दा खाईलाग्दा, राम्रा अनि आकर्षक जीउडाल भएका देखिन्छन् तर हातमा केहि सीप तथा आफुमा कुनै ज्ञान नभएका हुन्छन, भने कोहि अलि हेर्दा नराम्रो देखिए पनि आफैमा निर्भर रहने सक्ने खालका हुन्छन् । वास्तवमा कुन मानिसमा कस्तो
क्षमता छ र उ कस्ता काममा निपूण छ भनेर पक्कै पनि हेरेर छुट्टाउन सकिदैन । त्यसकारण कुन मानिस कस्तो छ र उसको बानी व्यहोरा कस्तो छ पक्कै पनि राम्रोसँग जान्नु आवश्यक छ ।
मान्छे नचिनेर पश्चातापमा पर्नु भन्दा त्यसको बारेमा पहिलेनै सजग हुनु वर्तमानमा अत्यावश्यक रहेको छ । कुनैपनि व्यक्ति जो मायाँ लगाउन सक्षम भइसकेको हुन्छ त्यसलाइ यो पनि थाहा भइसकेको हुन्छ की मैले गलत मान्छेलाइ त जिवनसाथी ठानेको हैन तर मानिसको बाध्यता त्यहीसंग जिवन काट्ने..
अहिलेको समयमा धेरै सम्पत्तीको धाक लगाउने परम्परा पनि व्यापक मेरो यति सम्पत्ती छ र सम्पत्तीमा मायाँलाई पनि धरै दाज्ने गरेको पाईन्छ । पल्सर २२०, बुलेट जस्ता वाईकमा पनि मायाँलाई दाज्ने गरेको यथार्थ छ । यसरी वर्तमानमा त मायाँलाई यसरी सम्पत्तिसंग दाजिन्छ भने अव का शताब्दीमा मायाँलाई के सँग दाजीएला र मायाँ कस्तो अवस्थामा रहला त्यो कल्पना सम्म पनि गर्न सकिदैन ।
यसरी वर्तमान समयमा मायाँको सही अर्थ र यसको सदुपयोग नगर्नाले देशमा धेरै जटिल समस्या थप्दै गएको र अधिकतम प्रमी प्रमेकीले वेलैमा ज्यान गुमाउनु परेको यथार्थता छ ।
यसरी चोखो मायाँमा आफ्नो त्याग र तपस्या नभएमा वा एक अर्काविचको मनमुटावले व्यक्तिलाई धेरै टेन्सन दिन्छ, वास्तवमा भन्ने हो भने मायाँवाट हामिले राम्रोसँग जीउन सक्नुपर्ने हो , किनत यस्ले हामिलाई नै पोल्छ त भन्ने प्रश्नको पनि सहि उत्तर यहि हुन सक्छ की मायाँगर्ने सीप नहुनु, एकले अर्कालाई नबूझ्नु, सानातिना कुरामा वेकारको टेन्सन लिनु जस्ता कुराहरु...
जव मानिसमा आफ्नो चेतनाको विकास हुदैन तव सम्म मायाँमा यस्तै टेन्सन वोकिरहनु पर्छ । मानिसले मानिसको मर्म जब बुझ्दछ तव मात्र मायाँलाई वुझ्न सक्छ । बाउले कमाईदिएको सम्पत्तीमा दुई दिन मोजमस्ती गर्दैमा जिवनमा ठूलो भइंदैन, बाबाले कसरी दुःख गरेर कमाएको हो त्यो पैसा थाहा हूदैन उसलाई गाजाँ, चुरोट खाएर वाईकमा दौडने रहर हुन्छ उसमा तर जीवन त्यो हैन, अर्काको सम्पत्तीमा मोज गर्न त जसले
पनि जानेको हुन्छ नी...
यसरी जीवनलाई क्षणिक रमझममा मात्र सीमीत गर्नु हुदैन, एकछिनको रमाईलो मात्र जीवन हैन जीवनमा धेरै गर्नु छ, आमा बाबाको सपना पूरा गर्नु छ, आफू स्वावालम्बी बनेर जीउन सक्नुपर्छ भन्ने भावना हामिजस्ता युवावर्गमा हुनु नितान्त आवश्यक छ । जसले जीवनलाई भित्रैवाट नियाल्छ त्यसले पक्कै पनि आफ्नो भविष्यलाई हेर्छ, जीवनमा गर्नू पर्ने काम कर्तव्य लाइ आत्मासाथ गर्दै अघाडि बढ्छ फलतः उ आफ्नो डेस्टिनेसनमा पुग्छ । मायाँलाइ पनि साथमा लान्छ र उसले अन्तत्वग्वत्ता आफ्नो मायाँलाई पनि सफल बनाउँछ । यसरी मायाँको परिभाषा बुझेर मात्र अघाडी बढ्ने र आफ्नो भविष्यलाई पनि सँगसँगै लानुपर्छ ।
No comments:
Post a Comment