बिरोध !
बिरोध के हो ?
अर्काको लहै लहैमा लागेर बुझ्दै नबुझेको कुरामा ठुलो स्वर गर्नु हैन बिरोध ।
एउटाको कुनै गल्तीलाई आधार बनाएर उसका हरेक बिचार, हरेक क्रियाकलापको बिश्लेषण नगरी आवाज उठाउने नाममा प्रचार गर्नु हैन बिरोध ।
हो बिरोध गर तर त्यो भन्दा पहिले आफुले आफुलाई यो सोध कि मैले बिरोध गर्न लागेको बिषयमा उसको र मेरो विचार,तर्क र भावनामा प्रतिकुलता छ या छैन ?
कसैले गर्न खोजेका वा गरेका हरेक कुरालाई रोक्ने प्रयत्न गर्नु मात्र होइन बिरोध ।
कुनै पनि बिषयमा हुने बिपरित भावना प्रतितर्क,प्रतिविचार,मतभेद तथा बेमेलहरु जुन आफुलाई लागेको छ कि, यो चाँही यो करणले गलत हो, भने उक्त कार्यलाई आफ्नो विचार मिल्नेहरुसँग मिलेर रोक्ने प्रयास गर्नुलाई बिरोध भनिन्छ ।
बिरोध कसको गर्ने हैन बिरोध के को गर्ने र कुन बिषयमा गर्ने हो चै राम्ररी बुझ्नोस् ।
No comments:
Post a Comment