Pages

Sunday, 25 November 2018

Dear Crush

💕निराजन सापकोटा 💕







प्रिय क्रस,
हुनेवाला ससुराको घर, नेपाल


बिषय : मंसिर आएको सम्बन्धमा



महोदय,

           मंसिर आउनत पोहोर पनि आएकै हो परार पनि आएकै थियो तर यसपालिको मंसिर न पोहोर साल जस्तो छ न परार साल जस्तो नै छ, यो मंसिरमा न म २० बर्ष को रहेँ नत तिमि १९ कि नै रह्यौ यो बर्षैपिच्छे बढ्दै गएको मंसिरको उमेर संगै हामि पनि बढेको अनुभव तिमिले पनि गरेकि नै हौलि तर मेरा बा आमाले अलि धेरै नै गर्नुभएको छ ।
         यो मंसिरमा मेरो बिहेको कुरो झिक्ने बा आमाको प्रश्नको बिचमा तिमि र म बिचको यो सम्बन्ध भनौं या सम्बन्ध जस्तै देखिने यो अनौठो  केहि आएको हुनाले मलाई मेरो फैसला बताउन साह्रै गाह्रो परेको छ । थाहा छैन यो चिठि तिमि भाको ठाउँ सम्म आईपुग्छ पुग्दैन यदि आईपुग्यो भने मैले बा आमालाई दिनुपर्ने उत्तर र  मेरो प्रश्ताव मा विचार गर्ने छौ भन्ने आशा गर्दछु ।




उहि तिम्रो
💕निराजन सापकोटा💕

Thursday, 22 November 2018

मेरो महाअष्टमी

💕निराजन सापकोटा 💕
मेरो महाअष्टमी

बुधबार, नौरथाको अष्टमी तिथि हामिले प्रत्येक वर्ष दशैं को खसि काट्ने दिन, बुबाले हिजो सुत्नेबेला नै भोलि चै चाडै उठ्नु पर्छ है छोरा भन्नु भाको सम्झिएर म बिहानै उठेँ उठेर मुख धुन जाँदा जाँदै बुबाले म पल्लाघर तिर खसी काट्न सघाउन जान्छु तिमी भाइलाई पनि उठ् भन अनि तातोपानी बसाल भन्नुभयो र म मुख धोएर भाइलाई उठाउन माथि कोठामा लागे भाइलाई आज अरुबेला झैं उठ् उठ् भनेर कराइ रहन परेन उ आज ५ बर्ष अगाडिको म भन्दा पनि धेरै नै आँतुर छ महाअष्टमीमा खसी काटेको हेर्न ।
मैले पनि उसको आँतुरपनको फाइदा उठाउँदै उसलाई पानी तताउने चुलोमा आगो बाल्न देखि पानि तताउन सम्मको काम अराउने मौका पाए ।
पानि बसालेको केही बेरमा नै बुवा खसी मार हान्ने टोलि सहित आउनुभयो । मैले पोहोर नै दशैंलाई भनेर किनेको खसी बुबाको छेउमा पुर्याइदिएँ ।
बुबाले खसी पर्साउनु पर्छ भन्दै खसीलाइ अक्षेता पाति र जिउमा पनि हाल्दिएर पुजा गर्नु भयो ।
खसी केहिबेर सम्म त्यसै उभिरह्यो र खसी काट्ने टोलिको एउटा अंकलले बुबालाई भन्नु भयो "बुढो भैसक्या खसीले हत्तपत्त पर्सिदैन हो दाई एकचोटि फेरि पानी हाल्नुन" त्यसपछि बुबाले झन्डै एक कचौरा जति पानिले खसीलाइ भिजाइदिनु भयो र नभन्दै खसी पर्सीयो पनि । खसी काट्न तरखर हुँदै थियो त्यतिनैखेर मलाई झल्यास्स सम्झना आयो भाइले पानि पो तयार पार्यो कि पारेन भनेर उसले पानि तताउनका लागि घर छेउकै रोडमा तिनवटा ढुङ्गाको चुलो बनाएर पानि बसालेको झन्डै १५ मिनेट नै भइसकेको रैछ । अनि म भाइलाई हिँड खसी लिएर आँउ भनेर बोलाउदै खसी काट्ने ठाउँ तिर लागें हामि पुग्दा खसी ढालि सकेर पनि टोलि अन्तै हिँडिसकेकाे रहेछ । अनि हामिले खसीलाई दुइतिरबाट झुन्ड्याएर रोडसम्म पुर्यायौं । त्यतिबेलासम्म पानि पनि भकभकी उम्लिसकेको थियो । र हामिले एकजना पानी हाल्ने र अर्कोले भुत्ला भुत्ल्याएर सक्यौं । अनि बुवा पनि गांउबाट आउनुभयो र खसीलाई बेसार खरानी लगाउन थाल्नुभयो । बेसार खरानी लगाएर पखालिसकेपछि खसीको मासु र हड्डी काट्ने काम गरियो र त्यतिनैखेर भाइले बुवालाई पुजा गर्नुन कान खानपर्यो भन्यो र बुवाले पनि हास्दै जा कलेजो पोलेर लिएर आइज म त्यसैले पुजा गर्दिन्छु अनि खालास् कान भन्न्भयो यति सुन्नेबित्तिकै उसले पनि ५ मिनेटमै पोलेर लिएर आयो अनि हत्त न पत्त कान खान लाग्यो र मलाइ पनि उसको त्यो आँतुरता र रहर देखेर रमाईलो लाग्यो । बुबाले आदि खसी टुक्राएर नसक्दै भाइले झन्डै आदिकिलो मासु पोल्न भनेर ठिक पारिसकेको थियो । त्यो देखेर मैले "एकैचोटि धेरै नखा है एकैदिनमा अमन होला नि फेरि" भनें ।

म,भाई, दिदी,बुबा र आमा हामिले बिहानदेखि नै काममा ब्यस्त भएर खाना पनि खाएका छैनौ धन्न दिदीले खाना चै पकाउनु भएछ । अब आमालाई मासु पकाउनु म अरु काम गर्छु भनेर बुबाले काट्दिनु भएको मासुको थाल चुलातिर सारेर दिदी लसुन प्याज केलाउन र काट्न लाग्नु भयो । र मैले पनि गएर बस्तु, बाख्रालाई घाँस पात गरेँ । एकैछिनमा खाना पाक्यो र हामि खान लाग्यौं तर भाईले सायद पोलेको मासु खाएर अघाएर होला एकछिनमा खान्छु भन्यो ।

खाना खाईसकेपछि सधैं जसो गरिने बस्तु बाख्रालाई घाँस काट्ने जस्ता काम आज गर्नु छैन किनकि दिदी,भाईले हिजै आजको लागि समेत पुराईसकेका थियौं । करिब करिब दिंउसोको १२ बजे खाना खाईसकेपछि हामि सापकोटाका जम्मा ५ घरमा भएका ६ जना छोराहरू मिलेर लो बजेट तास खेल्न थाल्यौं । तासमा पनि केटाहरुले जागिर खानेले जित्यो भने फिर्ता दिनपर्ने नियम राख्ने भन्न थाले, जागिर खाने म र मेरो काकाको जेठो छोरो मात्र थियौं । हामिले दिंउसोको २ बजेसम्म तास खेल्यौं र सन्जोग बस हामि दुई जागिरेले मात्र जितेका रैछौं ।
जितेका पैसा फिर्ता दिएर हामी दुई जना चाँही गाँउतिर घुम्न भनेर निस्कियौँ गाँउमा जाँदा त्यहाँ एउटा अंकलको घरमा पनि तास चलिरहेको रहेछ,हामि पनि एकछिन खेलौंनत भनेर एक, एक कुनामा बस्यौँ । बेलुका लगभग ४:३० बजेसम्म तास खेलेर उठ्दा मैले ११०० जति जितेछु भने उसले २५० जति हारेछ ।
हामि त्यहाँबाट उठेर घर पुग्दा केटाहरु भोलि नवमिको दिन माथि मागापौवा स्कुलमा क्लवले गर्न लागेको साँस्कृतिक कार्यक्रम हेर्न जाने सल्लाह गर्दै रहेछन् । उनिहरुले भोलिको कार्यक्रममा खोलिने चिठ्ठाको टिकट समेत एक एक वटा लिई सकेका रहेछन् ।

एकछिन पछि म घर पुग्दा आमाले ५ बजे नै खाना तयार पारिसक्नु भएको रहेछ,बुबापनि गाँउबाट आउनुभयो र दिदीलेपनि बस्तुलाई घाँसपात हालेर आउनुभएपछि हामि खाना खान थाल्यौं । खाना खाएर एकछिन सबै मिलेर गफ गर्दै टि.भि. हेर्यौं अनि सुत्यौं ।

Thursday, 1 November 2018

जब तिम्रो अनुहार देखेँ

💕निराजन सापकोटा 💕


जब तिम्रो अनुहार देखेँ,
मेरो यो अनुहारमा हल्का हाँसो पाएँ,
मेरा आँखामा पानि झैं सङ्ला मायाका साना थोप्ला पाएँ,
मेरो दिलको पागलपनमा हल्का धैर्य पाएँ,
जब तिम्रो अनुहार देखेँ ।

दिलको हाल सुन तिमि

💕निराजन सापकोटा 💕

तिमि


अब सुन मेरो दिलको हाल तिमि
जब साँझ पर्छ तिम्रो याद आउँछ,
तुफान ल्याउछौ तिम्रा यादका तिमि ।
अधुरा छन् हर एक चाहना मेरा,
तिम्रै सोचमा मस्त छ मेरो मन,
र पनि थाहा नपाए झैं गर्छ्यौ तिमि ।

Case Study-Surya Nepal Private Limited.

Surya Nepal Private Limited (SNPL) is an Indo-Nepal-UK joint venture, which started operations in Nepal in 1986. Surya Nepal is now the larg...